सप्तकोसीमा बढ्यो पानीको बहाब, खोलिए ब्यारेजका २२ ढोका
सप्तकोसी नदीमा जलसतह निरन्तर बढ्न थालेपछि कोसी ब्यारेजका २२ वटा ढोका खोलिएका छन्।आइतबार साँझ गरिएको मापन अनुसार ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ८४ हजार ७८५ क्युसेक पानीको प्रवाह हुँदा २१ वटा ढोका खोलिएका थिए। लगातार पानीको बहाव बढेर बेलुका ८ः०० बजे प्रतिसेकेन्ड एक लाख ९२ हजार ५३५ क्युसेक पुगेपछि २२ वटा ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।क
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







